

गणेश नेपालीको परिवारलाई सहयोगस्वरूप तीन दिनको तलब दिने सांसद विष्णुबहादुर खड्काw
काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले आत्मदाहको प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई आफ्नो तीन दिन बराबरको तलब सहयोग गर्ने घोषणा गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले घटनालाई अत्यन्त दुःखद भन्दै राज्यको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। उनले पीडित परिवारलाई तत्काल न्याय र उचित राहत उपलब्ध गराउन सरकारसँग माग गर्दै आफूले पाउने सुविधाअन्तर्गत तीन दिनको तलब सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा शुक्रबार उनको निधन भएको थियो।
समाज
थप सामाग्री-
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
-
गणेश नेपालीको मृत्युको विरोधमा माइतीघरमा प्रदर्शन, दोषीमाथि कारबाहीको माग
-
नागरिकको जीवन र सम्मानको रक्षा गर्न सरकार जिम्मेवार बन्न संयुक्त नागरिक पार्टीको माग
-
राहदानी बनाउने सपना बोकेका गणेशको त्रिपुरेश्वरमा आत्मदाह प्रयास, ६० प्रतिशत शरीर जल्यो
-
आज असार २६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१५ घण्टा अगाडि
1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…





