गणेश नेपालीको मृत्युपछि महानगर घेराउको प्रयास, प्रदर्शनकारीलाई सुन्धारामै रोकियो

काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गर्ने प्रयास गरेका छन्। महानगरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सुन्धारामै रोकेको छ।

वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो काठमाडौं महानगरपालिका कार्यालयतर्फ जाँदै गरेका प्रदर्शनकारीलाई प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै अघि बढ्न दिएको छैन।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो।

उनको मृत्युपछि घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गर्दै विभिन्न समूहले विरोध प्रदर्शन गरिरहेका छन्।

Facebook Comments Box
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१३ घण्टा अगाडि

1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…

TOP
428 Shares