

लुम्बिनीमा ६७.१८ प्रतिशत बजेट खर्च, स्वास्थ्य मन्त्रालय सबैभन्दा प्रभावकारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत मात्रै खर्च गरेको छ। ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख रुपैयाँ खर्च भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालय बजेट कार्यान्वयनमा सबैभन्दा अगाडि देखिएको छ। मन्त्रालयले ४ अर्ब ९५ करोड रुपैयाँमध्ये ७९.३८ प्रतिशत बजेट खर्च गरेको छ। त्यसपछि वन तथा वातावरण, भौतिक पूर्वाधार विकास तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहेका छन्।
सबैभन्दा कम बजेट खर्च गर्ने मन्त्रालय भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय बनेको छ। उक्त मन्त्रालयले ३६ करोड ६९ लाख रुपैयाँ बजेटमध्ये १३ करोड ४२ लाख रुपैयाँ मात्रै खर्च गर्दै ३६.५७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
यता, स्थानीय तहमा भने बजेट कार्यान्वयन उत्साहजनक देखिएको छ। स्थानीय तहका लागि विनियोजन गरिएको बजेटमध्ये ८४.८७ प्रतिशत खर्च भइसकेको प्रदेश सरकारले जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





