

सर्लाहीमा युवकद्वारा आत्मदाह प्रयास, गम्भीर अवस्थामा काठमाडौं ल्याउने तयारी
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका छन्। गोडैता नगरपालिका–३ का ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आत्मदाहको प्रयास गरेको मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मण्डलको शरीरको अधिकांश भाग जलेको छ। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार घरपरिवारसँग भएको विवादपछि मण्डलले घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन्। घटना हुँदा घरमा अन्य परिवारका सदस्य उपस्थित नरहेको पनि प्रहरीले जनाएको छ।
यस घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
प्रहरीले घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
-
गणेश नेपालीको मृत्युको विरोधमा माइतीघरमा प्रदर्शन, दोषीमाथि कारबाहीको माग
-
नागरिकको जीवन र सम्मानको रक्षा गर्न सरकार जिम्मेवार बन्न संयुक्त नागरिक पार्टीको माग
-
राहदानी बनाउने सपना बोकेका गणेशको त्रिपुरेश्वरमा आत्मदाह प्रयास, ६० प्रतिशत शरीर जल्यो
-
आज असार २६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१३ घण्टा अगाडि
1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…





