

छोरासँगको विवादपछि बुद्धनगरमा पुरुषद्वारा आत्मदाह प्रयास, शरीरको ५५ प्रतिशत जल्यो
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। काठमाडौं महानगरपालिका–१० स्थित आफ्नो डेरामा शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार राउतलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। अस्पतालले उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको जानकारी दिएको छ।
प्रहरीका अनुसार राउतको आफ्नै छोरासँग विवाद भएको थियो। विवादपछि उनी भान्सामा गएर आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हाल राउतको वीर अस्पतालमा उपचार जारी छ।
समाज
थप सामाग्री-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
-
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
-
बागमतीको बाढीले कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार
-
‘घुमुवा प्रहरी’को आरोपले रौतहटका व्यापारी त्रसित, निष्पक्ष छानबिनको माग
-
आज असार २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
२१ घण्टा अगाडि
1.4kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा…





