ट्रम्पको चेतावनी : ‘इरानले हत्या प्रयास गरे हजारौँ क्षेप्यास्त्र प्रहार गरी ध्वस्त पार्छौँ’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध हत्या प्रयास भए इरानमाथि भीषण सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई कडा चेतावनी दिँदै आफ्नो हत्या प्रयासमा इरानी सरकार संलग्न भए त्यसको परिणाम विनाशकारी हुने दाबी गरेका हुन्।

ट्रम्पका अनुसार अमेरिकी सेनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै इरानतर्फ प्रहार गर्न सकिने हजारौँ क्षेप्यास्त्र तयारी अवस्थामा राखेको छ। उनले सुरुमा नै एक हजार क्षेप्यास्त्र प्रहार गर्न सक्ने र त्यसपछि थप हजारौँ क्षेप्यास्त्र प्रयोग गरिने दाबी गरेका छन्।

उनले अमेरिकी सेना लामो समयसम्म कारबाही सञ्चालन गर्न सक्षम रहेको उल्लेख गर्दै इरानका सबै क्षेत्रमा व्यापक क्षति पुर्‍याउने आदेश आफूले दिएको समेत बताएका छन्।

यसैबीच, इरानले पनि आफ्नो सुरक्षा तयारी उच्च बनाएको जनाएको छ। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सामाजिक सञ्जाल ‘एक्स’मार्फत देशका सशस्त्र बलले शत्रुको हरेक गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको बताएका छन्।

उनका अनुसार इरानका तटीय क्षेत्र, टापु, सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा तैनाथ सुरक्षाकर्मी उच्च सतर्कताका साथ परिचालित छन्। उनले इरानी सेनाले देशको सुरक्षा, स्थायित्व र शान्ति कायम राख्न आवश्यक सबै कदम चालिरहेको दाबी गरेका छन्।

ट्रम्पको कडा अभिव्यक्ति र इरानको सुरक्षा चेतावनीसँगै दुई देशबीचको तनाव थप चर्किन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।

Facebook Comments Box
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
२१ घण्टा अगाडि

1.4kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा…

TOP
369 Shares