बेल्जियमलाई हराउँदै १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्पेन

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ।

लस एन्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा स्पेनका फाबियन रुइज र मिकेल मेरिनोले गोल गरे। बेल्जियमका चार्ल्स डे केटलेरले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलको ३०औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपछि, ४१औँ मिनेटमा केटलेरले गोल गर्दै बेल्जियमलाई १–१ को बराबरीमा ल्याए।

बराबरीतर्फ अघि बढिरहेको खेलको ८८औँ मिनेटमा मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए।

सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा समूह चरणबाट बाहिरिएको थियो भने २०१८ र २०२२ विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै टोली १६ वर्षपछि पुनः सेमिफाइनलमा पुगेको हो।

अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
२० घण्टा अगाडि

1.4kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा…

TOP
401 Shares