रवि लामिछानेलाई हर्क साम्पाङको प्रश्न– ‘Are You Still Alive or…?’

काठमाडौं । श्रम संस्कृतिक पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।

साम्पाङले रास्वपाले देश सञ्चालन गर्न नसक्ने कुरा पटक–पटक प्रमाणित भइसकेको दाबी गर्दै रवि लामिछानेलाई अब पनि मौन नबस्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “रवि जी… Are you still alive or…? अब पनि हस्तक्षेप नगर्ने हो भने आउने चुनावमा टाइँ–टाइँ फिस् हुनेछ!”

काठमाडौंस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेर विस्थापित परिवार समस्यामा परेको घटनातर्फ संकेत गर्दै उनले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्। सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै उनले प्रभावकारी हस्तक्षेपको आवश्यकता औंल्याएका छन्।

साम्पाङको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ। यद्यपि, यसबारे उनले थप प्रतिक्रिया दिएका छैनन् भने रास्वपा वा सभापति रवि लामिछानेको तर्फबाट पनि आधिकारिक धारणा सार्वजनिक भएको छैन।

Facebook Comments Box
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
२० घण्टा अगाडि

1.4kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा…

TOP
365 Shares