इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा निर्माण फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ।

निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहे पनि तोकिएको समयभित्र नवीकरण नगरेका निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज गरिएको हो।

मन्त्रालयले निर्माण व्यवसाय ऐनको दफा ७ को उपदफा (३) तथा दफा ७ (४) बमोजिम सचिवस्तरको असार १७ गतेको निर्णयअनुसार सूचना प्रकाशित गर्दै उक्त जानकारी सार्वजनिक गरेको जनाएको छ।

Facebook Comments Box
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
२० घण्टा अगाडि

1.4kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा…

TOP
107 Shares