

‘चुप बस’ संकेत गरेको भिडियो भाइरल भएपछि काठमाडौंका सिडिओ विवादमा, गणेश नेपालीका दाइलाई दबाब दिएको आरोप
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) ईश्वरराज पौडेल सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोपछि विवादमा तानिएका छन्। महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनका दाइ मदन नेपालीलाई अस्पतालमा भेटेर ‘चुप बस्न’ दबाब दिएको आरोप लागेपछि यो विषय चर्चामा आएको हो।
सार्वजनिक भएको भिडियोमा मदन नेपाली अस्पतालको बेडमा बसेका छन् भने प्रमुख जिल्ला अधिकारी पौडेल उनी नजिक उभिएर केही सम्झाइरहेको देखिन्छ। भिडियोमा पौडेलले हात मुखतिर लग्दै ‘चुप लाग्न’ संकेत गरेको जस्तो देखिने दृश्य पनि कैद भएको छ। त्यसलगत्तै मदन नेपाली झोक्रिएर भुइँतिर हेर्दै मौन बसेको देखिन्छ।
उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। धेरै प्रयोगकर्ताले पीडित परिवारलाई मौन बस्न दबाब दिइएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, भिडियोको सन्दर्भ, त्यतिबेलाको संवाद वा प्रमुख जिल्ला अधिकारी पौडेलको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।
यता गणेश नेपालीको परिवारले सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म शव नबुझ्ने अडान कायमै राखेको जनाएको छ।
यसैबीच, गएराति करिब १० बजे प्रधानमन्त्रीको सचिवालयका केही अधिकारी तथा प्रमुख जिल्ला अधिकारी पौडेलको रोहबरमा गणेश नेपालीको शव वीर अस्पतालबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जस्थित शवगृहमा सारिएको थियो।
भाइरल भिडियो र त्यसलाई लिएर उठेका प्रश्नबारे जिल्ला प्रशासन कार्यालय काठमाडौं वा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
समाज
थप सामाग्री-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
-
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
-
बागमतीको बाढीले कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार
-
‘घुमुवा प्रहरी’को आरोपले रौतहटका व्यापारी त्रसित, निष्पक्ष छानबिनको माग
-
आज असार २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
२० घण्टा अगाडि
1.4kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा…





