बाढीले डुब्यो कीर्तिपुर होल्डिङ सेन्टर, सुकुम्बासी पुनः विस्थापित

काठमाडौं । अविरल वर्षापछि शुक्रबार राति आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी परिवार पुनः विस्थापित भएका छन्।

गएराति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पस्न थालेपछि प्रभावित परिवारहरूले आफ्ना सामान सुरक्षित स्थानमा सारेका छन्। घटनापछि क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ।

विस्थापित परिवारलाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि यसबारे अन्तिम निर्णय भइसकेको छैन। हाल उनीहरूलाई कीर्तिपुरस्थित स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ।

Facebook Comments Box
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
२० घण्टा अगाडि

1.4kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा…

TOP
Shares