
मधेशको सुरक्षा अवस्था सामान्य नभएसम्म गृहमन्त्री गुरुङ प्रदेशमै रहने

जनकपुर । गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै केही दिन अझै मधेशमै रहने भएका छन्।
मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म काठमाडौं नफर्किने तयारी गृहमन्त्री गुरुङको रहेको स्रोतले जनाएको छ।
घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग आवश्यक सहमति र समन्वय भइसके पनि समग्र शान्ति–सुरक्षाको अवस्था सहज नभएसम्म प्रदेशमै बसेर सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्ने निर्णय गरिएको जनाइएको छ।
गृह मन्त्रालयका अनुसार मधेश प्रदेशका विभिन्न क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न, स्थानीय पक्षसँग समन्वय गर्न तथा सम्भावित जोखिम न्यूनीकरण गर्न आवश्यक पहल जारी छ।
सरकारले प्रदेशको सुरक्षा अवस्थालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन?
-
मुगुलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प, ४.५ र ४.२ म्याग्निच्युड
-
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
-
मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग
-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
१ दिन अगाडि
950Views 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालयको सहमतिमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका विभिन्न…





