
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन

काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले भदौ ३१ गते बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बागमती र कर्णाली प्रदेशका विभिन्न सडकमा पूर्ण तथा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको जनाएको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्गमा खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सवारी सञ्चालनका लागि विशेष व्यवस्था गरिएको छ। भदौ १६ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ। यस्तै, बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था र परिस्थितिअनुसार सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
रसुवाका मुख्य राजमार्गहरू भदौ १० गते बिहान १०ः३० बजेदेखि आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। बाढीका कारण सडकमा यातायात सञ्चालन हुन नसक्दा जिल्लाको आवागमन प्रभावित बनेको छ।
नुवाकोटको टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा सवारी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।
नुवाकोटकै पासाङल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।
धादिङको पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। सोही राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा भदौ १६ गतेदेखि तथा शीतलबजारमा भदौ २६ गतेदेखि पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा भदौ २२ गतेदेखि सडक मर्मतको काम भइरहेको छ। मर्मतका क्रममा सवारीको चापलाई ध्यानमा राखेर उक्त स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन गराइएको छ।
यस्तै, कर्णाली प्रदेशअन्तर्गत हुम्लाको कर्णाली करिडोरमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। सर्केगाड गाउँपालिका–६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले सडकको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट पछिल्लो अवस्थाबारे जानकारी लिन तथा जोखिमयुक्त सडक खण्डमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन?
-
मुगुलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प, ४.५ र ४.२ म्याग्निच्युड
-
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
-
मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग
-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
२२ घण्टा अगाडि
900Views 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालयको सहमतिमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका विभिन्न…





