

प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । प्रहरीमा भर्ती गराइदिने भन्दै रु १० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली रहेका छन्।
प्रहरीका अनुसार रसाइलीले गृह मन्त्रालयका विशिष्ट अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र प्रहरीको अन्तर्वार्तामा नाम प्रकाशित गराइदिने भन्दै एक व्यक्तिबाट रु १० लाख रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रसाइलीलाई बबरमहलबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
प्रहरीका अनुसार रसाइली बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत फरार रहेको पाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
-
खगेन्द्र सुनारजी, शब्दको तौल बुझ्नुहोस् : संस्था आलोचनाभन्दा माथि होइन, तर अपमानभन्दा ठूलो हो खगेन्द्र सुनारजी, नमस्कार।
-
आरोप, अभिव्यक्ति र सार्वजनिक मर्यादा : सरकार अब गम्भीर बन्नैपर्छ
-
खगेन्द्र सुनारको विवादित यात्रा : दलित अधिकारको आवरणमा उठेका गम्भीर प्रश्न
-
दलित अभियन्ताको परिचय बनाएका खगेन्द्र सुनार विवादको घेरामा, विभिन्न आरोपमा दर्जनौँ उजुरी
आज साउन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
१५ घण्टा अगाडि
1.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष – दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्ने छ। व्यापारमा लगानी…





