जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो। उहाँलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ। सोही आरोपमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

श्रेष्ठलाई सम्बन्धित कसुरबारे थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाउँदै प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानको क्रममा खुल्ने जनाएको छ।

प्रहरीले अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares