साउनको तेस्रो सोमबार पशुपतिनाथमा ३ लाखभन्दा बढी भक्तजनको दर्शन

काठमाडौं — साउन महिनाको तेस्रो सोमबार भगवान् शिवको दर्शन गर्न पशुपतिनाथ मन्दिरमा ३ लाखभन्दा बढी भक्तजन पुगेका छन्।

साउनको सोमबार शिवको पूजा–आराधना तथा व्रत बस्ने धार्मिक परम्परा रहेकाले पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि श्रद्धालुको ठूलो भीड लागेको थियो।

दर्शनार्थीको चापलाई मध्यनजर गर्दै मन्दिरका चारैवटा ढोका खुला राखिएको थियो। सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथमा चढाउने बोलबम यात्रीका लागि पनि विशेष व्यवस्था गरिएको थियो।

भीड व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न स्वयंसेवक परिचालन गरिएको थियो। वर्षा भइरहे पनि भक्तजनले लामो लाइनमा बसेर उत्साहपूर्वक दर्शन गरेका थिए।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
Shares