

समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धि र सामाजिक रूपान्तरणका लागि युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको सङ्घर्ष, साहस र योगदान ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको उल्लेख गरेका हुन्।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूलाई अग्रणी भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
प्रचण्डले युवालाई शिक्षा, सीप तथा क्षमता विकासका पर्याप्त अवसर उपलब्ध गराउँदै रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्। युवाको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सके मात्रै मुलुकले विकास र समृद्धिको अपेक्षित गति हासिल गर्न सक्ने उनको भनाइ छ।
उनले अन्तर्राष्ट्रिय युवा दिवसले नेपालको समग्र विकास प्रक्रियामा युवाको सार्थक सहभागिता, नेतृत्व र योगदानलाई थप प्रभावकारी बनाउने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
-
खगेन्द्र सुनारजी, शब्दको तौल बुझ्नुहोस् : संस्था आलोचनाभन्दा माथि होइन, तर अपमानभन्दा ठूलो हो खगेन्द्र सुनारजी, नमस्कार।
-
आरोप, अभिव्यक्ति र सार्वजनिक मर्यादा : सरकार अब गम्भीर बन्नैपर्छ
-
खगेन्द्र सुनारको विवादित यात्रा : दलित अधिकारको आवरणमा उठेका गम्भीर प्रश्न
-
दलित अभियन्ताको परिचय बनाएका खगेन्द्र सुनार विवादको घेरामा, विभिन्न आरोपमा दर्जनौँ उजुरी
आज साउन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि
1.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष – दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्ने छ। व्यापारमा लगानी…





