

रोनाल्डोले जर्जिनासँग गरे विवाह

काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया जर्जिनाले अगस्ट ११, २०२६ मा पोर्चुगलको तटीय सहर कास्काइसमा निजी नागरिक समारोहबीच विवाह गरेका हुन्।
दम्पतीले सामाजिक सञ्जालमार्फत विवाहको घोषणा गर्दै विवाहको औँठी लगाएका हातको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरसँगै उनीहरूले ‘C❤️G’ लेखेका छन्।
समारोहलाई निकै गोप्य राखिएको थियो। विवाहमा उनीहरूका पाँच सन्तान मात्रै सहभागी भएको बताइएको छ। रोनाल्डो र जर्जिनाले सन् २०२५ को अगस्ट ११ मै इन्गेजमेन्ट घोषणा गरेका थिए।
लामो समयदेखि सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाले यसअघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा पारिवारिक जीवनसँगै उपस्थिति जनाउँदै आएका थिए। विवाहसँगै उनीहरूको सम्बन्धले औपचारिक रूप लिएको छ।
समाज
थप सामाग्री-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
-
खगेन्द्र सुनारजी, शब्दको तौल बुझ्नुहोस् : संस्था आलोचनाभन्दा माथि होइन, तर अपमानभन्दा ठूलो हो खगेन्द्र सुनारजी, नमस्कार।
-
आरोप, अभिव्यक्ति र सार्वजनिक मर्यादा : सरकार अब गम्भीर बन्नैपर्छ
-
खगेन्द्र सुनारको विवादित यात्रा : दलित अधिकारको आवरणमा उठेका गम्भीर प्रश्न
-
दलित अभियन्ताको परिचय बनाएका खगेन्द्र सुनार विवादको घेरामा, विभिन्न आरोपमा दर्जनौँ उजुरी
आज साउन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि
1.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष – दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्ने छ। व्यापारमा लगानी…





