प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका छन्।

बुधबार राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्। प्राप्त निमन्त्रणा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको उनले बताए।

नेपालबाट कोप–३१ मा कुन तहको प्रतिनिधिमण्डल सहभागी हुने भन्नेबारे भने निर्णय भइनसकेको सहसचिव ढकालले जानकारी दिए। सम्मेलन आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।

कोप–३१ नेपालका लागि हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायुजन्य जोखिम तथा प्रभावित समुदायका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ। सम्मेलनमा जलवायु परिवर्तनका प्रभाव र विश्वव्यापी जलवायु कार्यबारे छलफल हुनेछ।

Facebook Comments Box
TOP
Shares