

पत्रकार पक्राउप्रति प्रचण्डको कडा आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल र बिनासर्त रिहा गर्न माग गरेका छन्।
समाचार लेखेकै आधारमा राज्य संयन्त्रले पत्रकारलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक व्यवस्थाकै उपहास भएको प्रचण्डले बताएका छन्। स्थापित सञ्चारमाध्यम र पत्रकारमाथि निश्चित कानुनी विधि तथा प्रक्रिया पालना नगरी धरपकड गर्नु गम्भीर विषय भएको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले पत्रकार तथा सञ्चारमाध्यममाथि राज्यको यस्तो व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश बढ्ने खतरा निम्त्याउने चेतावनी दिएका छन्।
लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भमध्ये प्रेस स्वतन्त्रता पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमलाई निर्भीक र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रचण्डले पत्रकार श्रेष्ठमाथि भएको कारबाहीले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। उनले कानुनी प्रक्रिया र स्थापित मान्यतालाई बेवास्ता गर्दै पत्रकारमाथि हुने धरपकड तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।
पत्रकार श्रेष्ठलाई बुधबार ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको बताइएको छ। उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनापछि पत्रकार महासंघसहित विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाले समेत विरोध जनाउँदै आएका छन्। पत्रकार पक्राउको विषयले प्रेस स्वतन्त्रता र राज्यको जवाफदेहिताबारे बहस थप चर्किएको छ।
समाज
थप सामाग्री-
गाईजात्रा २०८३ मा सहभागी हुन जिएसएम समुदायलाई सुनिल बाबुको आह्वान
-
सभामुख र आईजीपीबीच भेटवार्ता तय, संसदीय मर्यादा र समिति बैठकको घटनाबारे छलफल हुने
-
सुस्तामा तस्करीको ‘लाइन’ चलेको आरोप, दैनिक दुई ट्रकसम्म सामान भित्रिने दाबी
-
तस्करी आरोपमा बाराका एसपी हेडक्वार्टर तानिए
-
खगेन्द्र सुनारविरुद्ध पूर्वप्रहरी प्रमुखहरू कडा : ‘भाषाशैली सुधार्दै यस्ता अभिव्यक्ति नदोहोर्याउनू’
बाढीपहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
१५ घण्टा अगाडि
800Views 15 Shares Share on Facebook Share on Twitter बागलुङ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई…





