

निम्सदाइको अन्त्येष्टि अगस्ट २६ मा बेलायतमा, श्रद्धाञ्जली दिन चाहनेलाई दर्ता गर्न आग्रह

काठमाडौं । पाकिस्तानको ब्रड पिकमा गएको विनाशकारी हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली–बेलायती पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको अन्त्येष्टि अगस्ट २६ मा बेलायतमा गरिने भएको छ।
एनआरएनए यूकेका अनुसार पुर्जाको अन्त्येष्टि अगस्ट २६ बुधबार बिहान १० बजे डोर्सेटको पुलमा हुनेछ। उनको पार्थिव शरीर बेलायत ल्याइसकिएको छ भने परिवार अन्तिम संस्कारको तयारीमा रहेको जनाएको छ।
पूर्वब्रिटिस गोर्खा सैनिकसमेत रहेका पुर्जालाई अन्तिम सम्मानस्वरूप गार्ड अफ अनर दिने तयारी गरिएको छ। अन्त्येष्टिमा सहभागी भई अन्तिम श्रद्धाञ्जली दिन चाहनेले अगस्ट २२ सम्म एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरसँग सम्पर्क गरी दर्ता गर्नुपर्नेछ।
सन् २०१९ मा ६ महिना ६ दिनमै विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएका पुर्जाले १८ वटा गिनिज वर्ल्ड रेकर्डसमेत आफ्नो नाममा बनाएका थिए। जुलाई ३० मा ब्रड पिकमा गएको हिमपहिरोमा उनीसहित १० जनाको मृत्यु भएको थियो। उनको पुर्ख्यौली घर म्याग्दीको दानामा र चितवनमा पनि पछि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने जनाइएको छ।
समाज
थप सामाग्री-
गाईजात्रा २०८३ मा सहभागी हुन जिएसएम समुदायलाई सुनिल बाबुको आह्वान
-
सभामुख र आईजीपीबीच भेटवार्ता तय, संसदीय मर्यादा र समिति बैठकको घटनाबारे छलफल हुने
-
सुस्तामा तस्करीको ‘लाइन’ चलेको आरोप, दैनिक दुई ट्रकसम्म सामान भित्रिने दाबी
-
तस्करी आरोपमा बाराका एसपी हेडक्वार्टर तानिए
-
खगेन्द्र सुनारविरुद्ध पूर्वप्रहरी प्रमुखहरू कडा : ‘भाषाशैली सुधार्दै यस्ता अभिव्यक्ति नदोहोर्याउनू’
बाढीपहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
११ घण्टा अगाडि
750Views 15 Shares Share on Facebook Share on Twitter बागलुङ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई…





