

रोल्पाका बाढीपहिरो प्रभावितको उद्धार र राहतमा ध्यान दिन वर्षमान पुनको आग्रह

काठमाडौं, २९ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी रोल्पामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
शुक्रबार बिहान सिंहदरबारमा भएको भेटमा पुनले विशेषगरी रोल्पाको सुनछहरी गाउँपालिका–२ मा पहिरोबाट भएको जनधनको क्षति, बेपत्ता नागरिकको खोजी तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
सुनछहरी–२ को फलवाङमा पहिरोले घर पुरिँदा स्थानीय वीरबहादुर घर्ती मगरसहित केही व्यक्ति बेपत्ता भएको जनाइएको छ। सोही वडाको गिट्ठेमा लादे बुढा मगरको घर पनि पहिरोले पुरिएको र प्रभावितको यकिन विवरण आउन बाँकी रहेको बताइएको छ।
रोल्पामा पछिल्लो समय पहिरोबाट भएको क्षतिप्रति चासो व्यक्त गर्दै पुनले प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार, राहत वितरण र आवश्यक व्यवस्थापनका लागि सरकारको सक्रियता बढाउन आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
गाईजात्रा २०८३ मा सहभागी हुन जिएसएम समुदायलाई सुनिल बाबुको आह्वान
-
सभामुख र आईजीपीबीच भेटवार्ता तय, संसदीय मर्यादा र समिति बैठकको घटनाबारे छलफल हुने
-
सुस्तामा तस्करीको ‘लाइन’ चलेको आरोप, दैनिक दुई ट्रकसम्म सामान भित्रिने दाबी
-
तस्करी आरोपमा बाराका एसपी हेडक्वार्टर तानिए
-
खगेन्द्र सुनारविरुद्ध पूर्वप्रहरी प्रमुखहरू कडा : ‘भाषाशैली सुधार्दै यस्ता अभिव्यक्ति नदोहोर्याउनू’
बाढीपहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
१० घण्टा अगाडि
700Views 15 Shares Share on Facebook Share on Twitter बागलुङ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई…





