

आज भदौ २१ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष
कार्यसम्पादनमा सुधार आउनेछ। पूरा गर्न नसक्ने वाचा नगर्नुहोला। समाजमा मान–सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारको टकराव हुन सक्छ। कार्यक्षेत्रमा विपरीत परिस्थिति सिर्जना हुनसक्ने भएकाले संयम अपनाउनुहोस्।
शुभ रंग: गुलाबी | शुभ अंक: ६
वृष
कार्यक्षेत्रमा केही व्यवधान आउन सक्छ। अधिकारीहरूसँग वैमनस्यता बढ्न सक्ने भएकाले बोली र व्यवहारमा सावधानी अपनाउनुहोस्। आफ्नो मेहनतको श्रेय अरूले लिन सक्छन्। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ।
शुभ रंग: केसरी | शुभ अंक: ६
मिथुन
प्रतिकूल समय क्रमशः अनुकूल बन्दै जानेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ र इच्छाअनुसार काम गर्न सकिनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। भ्रमणको योगसमेत रहेको छ।
शुभ रंग: पहेँलो | शुभ अंक: २
कर्कट
तपाईंको इच्छाको सम्मान हुनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। व्यापार तथा नोकरीबाट धनार्जनका अवसर प्राप्त हुनेछन्। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। जिम्मेवारी बढेकाले काममा सक्रिय रहनुपर्नेछ।
शुभ रंग: निलो | शुभ अंक: ७
सिंह
शुभचिन्तकहरूको सहयोगले रोकिएका काम सम्पन्न हुनेछन्। जीविकोपार्जनको क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सकिनेछ। विद्यार्थीका लागि समय उत्साहजनक रहनेछ। आफ्ना विशेष योजना भने गोप्य राख्नु उचित हुनेछ।
शुभ रंग: सेतो | शुभ अंक: ५
कन्या
कार्यक्षेत्रमा पराक्रम र आत्मविश्वास बढ्नेछ। चुनौतीको सामना गर्दा चोटपटकको सम्भावना भएकाले सावधानी अपनाउनुहोस्। धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीले पढाइमा सन्तोषजनक परिणाम प्राप्त गर्नेछन्। बौद्धिक प्रतिस्पर्धामा उच्च स्थान हासिल गर्न सकिनेछ।
शुभ रंग: सिन्दुरी | शुभ अंक: ४
तुला
आफन्तहरूसँग बसेर भविष्यका लागि दीर्घकालीन योजना बन्नेछन्। उच्च पदस्थ व्यक्तिसँग भेटघाट हुने सम्भावना छ। कार्यक्षेत्रमा लगनशीलताले उत्कृष्ट परिणाम दिलाउनेछ। शेयर बजारबाट लाभ मिल्न सक्छ।
शुभ रंग: हल्का पहेँलो | शुभ अंक: २
वृश्चिक
लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् र मान–प्रतिष्ठामा वृद्धि हुनेछ। शत्रुहरू सक्रिय हुनसक्ने भएकाले सचेत रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीको लेखन कलामा निखार आउनेछ।
शुभ रंग: खैरो | शुभ अंक: ५
धनु
मनमा नैतिकता र कर्तव्यबोध बढ्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी तथा पेशामा उच्च अधिकारीहरूको सहयोग प्राप्त हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: ६
मकर
छोराछोरीको प्रगतिले मन उत्साहित रहनेछ। अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले आर्थिक मामिलामा सचेत रहनुहोस्। परिवारलाई पर्याप्त समय दिनु आवश्यक हुनेछ। दिनको उत्तरार्धमा केही अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ।
शुभ रंग: हरियो | शुभ अंक: ५
कुम्भ
कार्यक्षेत्रमा जोश, जाँगर र हिम्मत बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग प्राप्त हुनेछ। नोकरी तथा पेशामा प्रतिस्पर्धीहरूले समेत सहयोग माग्न सक्छन्। स्वास्थ्यप्रति भने विशेष ध्यान दिनुहोस्।
शुभ रंग: निलो | शुभ अंक: ३
मीन
उच्च अधिकारीहरूको सहयोग प्राप्त हुनेछ। आकस्मिक धनलाभको योग छ। धार्मिक कार्यमा मन लाग्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ भने मित्रबाट महत्वपूर्ण सहयोग मिल्नेछ।
शुभ रंग: गुलाबी | शुभ अंक: ७
समाज
थप सामाग्री
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter वीरगन्ज । देशको ध्यान रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, उद्धार…





