

ठमेलबाट शंकास्पद गतिविधिमा संलग्न १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बंगलादेशको गाजीपुर, गदबपुर प्रहरी चौकी क्षेत्रका ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबुब हसन, ४९ वर्षीय रेपोन मेहमूद, ३० वर्षीय एमडी केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई ठमेलस्थित होटल ढाका एक्सप्रेस, होटल डि भेढा, होटल अलरहमानलगायत विभिन्न होटल तथा गेस्टहाउसबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरू नेपालमा गैरकानुनी रूपमा बसोबास गरिरहेको र शंकास्पद गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
समाज
थप सामाग्री
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
१ दिन अगाडि
1.2kViews 45 Shares Share on Facebook Share on Twitter बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध…





