आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष- आज साझेदारीमा गरिएका कामबाट लाभ मिल्ने सम्भावना छ। नयाँ कामको योजना बन्नुका साथै कार्यक्षेत्रमा सन्तुष्टि प्राप्त हुनेछ। पशुपालन र सवारी साधनसँग सम्बन्धित कामबाट पनि फाइदा हुन सक्छ। रातो रुमाल दान गर्नु शुभ मानिन्छ।

वृष- आर्थिक अवस्थामा सुधार आउनेछ । यद्यपि शारीरिक रूपमा केही थकान वा स्फूर्तिको कमी महसुस हुन सक्छ । प्रतिस्पर्धी तथा विरोधीमाथि विजय प्राप्त गर्ने योग छ । कानुनी विवाद वा मुद्दा मामिलामा सफलता मिल्न सक्छ । कन्याहरूलाई कपडा वा श्रृङ्गारका सामग्री दान गर्नु लाभदायक हुनेछ ।

मिथुन– पारिवारिक वातावरणमा खुसीयाली छाउनेछ । आर्थिक अवस्था सामान्य रहेपनि आत्मविश्वास बढ्ने र मन उत्साहित रहनेछ। आज पिता वा गुरुजनको सम्मान गर्दा सकारात्मक परिणाम प्राप्त हुने विश्वास छ।

कर्कट– आर्थिक प्रगतिमा केही अवरोध आउन सक्छ । तर दाम्पत्य सम्बन्धमा सुख र समझदारी बढ्नेछ । नयाँ सामान खरिद गर्ने अवसर मिल्न सक्छ । साँझ चन्द्रमालाई सेतो फूल र जल अर्पण गर्नु शुभ मानिन्छ ।

सिंह– आज छोटो दूरीको यात्रा हुन सक्छ । धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति रुचि बढ्नेछ । सिर्जनात्मक काममा सफलता मिल्ने सम्भावना छ । ‘ॐ घृणि सूर्याय नमः’ मन्त्र जप गर्दै सूर्यलाई जल अर्पण गर्दा शुभ फल प्राप्त हुने विश्वास छ ।

कन्या– आज सुनको प्रयोग नगर्नु राम्रो हुनेछ । यात्राका क्रममा विशेष सावधानी अपनाउनुहोला । बेलुकाको तुलनामा बिहानको समय बढी अनुकूल रहनेछ । शिवजीलाई बेलपत्र चढाएर दिनको सुरुवात गर्नु शुभ मानिन्छ ।

तुला- आज धूम्रपान तथा मदिरापानबाट टाढा रहनुहोला । सवारी साधन प्रयोग गर्दा समस्या आउन सक्ने भएकाले सावधानी आवश्यक छ । मावली पक्षबाट अप्रिय व्यवहारको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ । पलासको बिरुवा स्पर्श गरेर दिनको सुरुवात गर्नु शुभ मानिन्छ ।

वृश्चिक– दिनभर मन प्रसन्न रहनेछ । दिउँसो १२ बजेपछि नयाँ काम वा अवसर प्राप्त हुन सक्छ । हाडजोर्नीसम्बन्धी समस्या देखिन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुहोला । हनुमानजीको स्मरण गर्दै रातो टीका लगाएर दिन सुरु गर्नु शुभ हुनेछ ।

धनु– पारिवारिक विषयले आजको अधिकांश समय प्रभावित गर्न सक्छ । आमाबाबुको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा सफलता मिल्ने योग छ । व्यापार र रोजगारीको अवस्था भने सामान्य रहनेछ । केरा वा पहेँलो फलफूल दान गर्नु शुभ मानिन्छ ।

मकर- आज सामाजिक प्रतिष्ठा तथा मान सम्मान बढ्नेछ । बिहानको तुलनामा बेलुकाको समय बढी आनन्ददायी रहनेछ। प्रेम सम्बन्धबाट सुख र सन्तुष्टि प्राप्त हुन सक्छ । धैर्य र निरन्तर मेहनतलाई प्राथमिकता दिनु आजका लागि लाभदायक हुनेछ ।

कुम्भ- मन केही चञ्चल रहन सक्छ । नजिकका आफन्तबाट धोका वा निराशा मिल्ने सम्भावना छ । सन्तानका विषयमा चिन्ता बढ्न सक्छ । आमाबाबुको आशीर्वाद लिनुका साथै पाञ्चायन देवताको सेवा गर्दा दिन सकारात्मक रहने विश्वास छ ।

मीन– स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले आफ्नो शरीरप्रति ध्यान दिनुहोला । यद्यपि मानसिक रूपमा प्रसन्नता रहनेछ । सामाजिक तथा सेवामूलक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ । पहेँलो वस्तुको प्रयोग बढाउनु शुभ मानिन्छ।

Facebook Comments Box
TOP
15 Shares