

कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता

धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर बेपत्ता भएका छन्।
जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १७ वर्षीय छोरा अनुज सिंह मंगलबार दिउँसो बाख्रा चराउन गएका बेला कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १ बजे खोला तर्ने क्रममा अचानक आएको बहावले उनलाई बगाएको हो। घटनाबारे स्थानीय खडक भण्डारीले साँझ ५ः५० बजे प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए।
घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको कमान्डमा तीन जनाको प्रहरी टोली किशोरको खोजी तथा उद्धारका लागि घटनास्थलतर्फ परिचालन गरिएको छ।
प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी जुड्डीबाट करिब चार घण्टा पैदल पश्चिमतर्फ पर्छ। दुर्गम भूगोल र खोलामा पानीको बहावका कारण खोजी तथा उद्धारमा कठिनाइ भए पनि प्रहरीले स्थानीयको समन्वयमा बेपत्ता किशोरको खोजी कार्य जारी राखेको जनाएको छ।
समाज
थप सामाग्री
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
१ दिन अगाडि
1.2kViews 45 Shares Share on Facebook Share on Twitter बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध…





