मुस्ताङको लोमन्थाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टरको भूकम्प

काठमाडौं । मुस्ताङको लोमन्थाङ आसपास केन्द्रबिन्दु भएर मंगलबार राति ५.३ रेक्टर स्केलको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मंगलबार राति ९ः५३ बजे भूकम्प गएको हो। युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) का अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पको धक्का मुस्ताङसहित बागलुङ, धौलागिरि क्षेत्रका साथै देशका विभिन्न स्थानमा र तिब्बतसम्म महसुस गरिएको जनाइएको छ।
भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण सार्वजनिक भएको छैन। स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।
हिमाली क्षेत्रमा पछिल्लो समय भूकम्पसँगै पहिरो, हिमताल विस्फोट तथा बाढीजस्ता प्राकृतिक विपद्को जोखिमसमेत रहने भएकाले भूकम्पपछि सम्भावित जोखिमप्रति सतर्क रहन आवश्यक देखिएको छ।

Facebook Comments Box
TOP
15 Shares