

रोमानियामा नेपाली समुदायले विपत्तिमा ज्यान गुमाएकाप्रति दीप प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण

रोमानिया । नेपालमा हालै आएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै रोमानियामा रहेका नेपाली समुदायले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका छन्।
SINIA Romania (स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघ, रोमानिया) को आयोजनामा सम्पन्न कार्यक्रममा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण गरिएको हो।
कार्यक्रममा रोमानियामा क्रियाशील विभिन्न नेपाली संघ–संस्था, नेपाली समुदाय, पत्रकार, नेपाली दाजुभाइ तथा दिदीबहिनीका साथै रोमानियाली सरकारी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको दुःखद् परिस्थितिमा आयोजित कार्यक्रममा सहभागीहरूले पीडित परिवारप्रति ऐक्यबद्धता तथा सहानुभूति प्रकट गरेका थिए। सहभागीहरूले विपद्को समयमा विदेशमा रहेका नेपालीहरूबीच आपसी एकता, सहयोग र मानवीय भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमपछि SINIA Romania ले उपस्थित भई साथ, समर्थन र ऐक्यबद्धता जनाउने सम्पूर्ण संघ–संस्था, प्रतिनिधि, पत्रकार तथा नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ।
आयोजक SINIA Romania ले दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइते र प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
‘एकता नै हाम्रो शक्ति हो, विपद्को घडीमा हामी सबै नेपाली एकजुट छौँ’ भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
समाज
थप सामाग्री
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
१ दिन अगाडि
1.2kViews 45 Shares Share on Facebook Share on Twitter बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध…





