
भोटेकोसी बाढीपछि उच्चस्तरीय संयन्त्र गठनबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
भोटेकोसी बाढीपछि उत्पन्न विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्तावमा छलफल गर्न लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व सहभागी हुने रास्वपाले जनाएको छ।
बैठकमा भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको अवस्था, विपद्को प्रभाव न्यूनीकरण, राहत तथा पुनःस्थापना र आगामी दिनमा आउन सक्ने सम्भावित विपद्को प्रभावकारी व्यवस्थापनका विषयमा छलफल हुने बताइएको छ।
ठूलो जनधनको क्षति हुने गरी भोटेकोसीमा बाढी आएपछि लामिछानेले यसअघि पनि दुईपटक सर्वदलीय बैठक आह्वान गरिसकेका छन्। पछिल्लो बैठकमार्फत विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राजनीतिक तहबाट साझा पहल गर्ने विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन?
-
मुगुलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प, ४.५ र ४.२ म्याग्निच्युड
-
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
-
मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग
-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
२२ घण्टा अगाडि
900Views 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालयको सहमतिमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका विभिन्न…





