एक लाख रुपैयाँ घुससहित नापी सर्वेक्षक पक्राउ

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साहलाई रु एक लाख घुससहित पक्राउ गरेको छ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बर्दिबासस्थित एक होटलबाट पक्राउ गरेको हो।

सेवाग्राहीको काम गरिदिने भन्दै घुस रकम लिएको सूचनाका आधारमा पुगेको आयोगको टोलीले साहलाई रु एक लाखसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

Facebook Comments Box
TOP
15 Shares