जनकपुरमा घरमा आगलागी हुँदा वृद्धको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरी नगरपालिका–२ निवासी अवकाशप्राप्त शिक्षक किशोरी सहनी रहेका छन्।
स्थानीयवासीका अनुसार राति घरमा परिवारका सबै सदस्य सुतिरहेको अवस्थामा अचानक आगलागी भएको थियो। आगलागी भएपछि परिवारका अन्य सदस्य घरबाट बाहिर निस्कन सफल भए पनि सहनी भने भाग्ने क्रममा लडेर आगोमा परेका कारण ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीका कारण घरमा समेत क्षति पुगेको छ। घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले आगलागी विद्युत् सर्ट भएर भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Facebook Comments Box
TOP
45 Shares