
बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, कोशी राजमार्ग र रसुवाका सडक पूर्ण अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डमा भएको अवरोध र यातायात सञ्चालनको अवस्थाबारे जानकारी दिएको हो।
प्रहरीका अनुसार कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान १०ः३० बजे गएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।
बागमती प्रदेशका विभिन्न जिल्लामा समेत बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोकको वि.पी. राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै असोज १६ गतेदेखि विशेष यातायात व्यवस्था लागू गरिएको छ।
उक्त सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर १० टनसम्मका मालवाहक सवारीसाधन सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।
रसुवाका सबै मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै असोज १ गते राति १० बजेदेखि टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
नुवाकोटकै पासाङ ल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा असोज १० गते बिहान १०ः३० बजे आएको बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङ हुँदै जाने पृथ्वी राजमार्गमा भने पहिरो हटाएर यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा भदौ १६ गते र शीतलबजारमा भदौ २६ गते गएको पहिरो हटाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरोका कारण अवरुद्ध सडकखण्डहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाल प्रहरीका टोली निरन्तर परिचालन भइरहेका छन्। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन आग्रह गरेको छ।
समाज
थप सामाग्री-
मदन भण्डारी र जनता आवास कार्यक्रममा ‘नांगो भ्रष्टाचार’, अख्तियार मौन
-
एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय पोखरा कार्यसम्पादनमा सर्वोत्कृष्ट
-
आज असोज ५ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
भासियो बेंसीसहर–चामे सडक, यातायात सञ्चालनमा कठिनाइ
-
आगामी साता नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु
९ घण्टा अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter गोरखा । मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ।…





