
आज तीन संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढीदेखि कृषि अनुसन्धान र पुनर्निर्माणसम्म छलफल हुने

काठमाडौं । आज संघीय संसद्का तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठक बस्न लागेका हुन् ।
बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनका क्रममा पहिचान भएका समस्या तथा चुनौतीबारे छलफल हुनेछ । बैठकमा अनुगमनबाट प्राप्त निष्कर्ष तथा कृषि अनुसन्धान प्रणालीलाई थप सुदृढ बनाउने उपायबारे समेत छलफल गर्ने कार्यसूची रहेको छ ।
उक्त छलफलका लागि समितिले कृषि मन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तथा परिषद्अन्तर्गतका निर्देशनालय, कार्यक्रम र केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ ।
यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल हुनेछ ।
बैठकमा गृह मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरू तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई आमन्त्रण गरिएको छ ।
यसैगरी बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा जनजीवन तथा पूर्वाधारमा पुगेको क्षति, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल हुनेछ ।
बैठकमा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक लगानी व्यवस्थापन तथा आगामी पुनर्निर्माणका योजनाबारे समेत छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
समाज
थप सामाग्री-
मदन भण्डारी र जनता आवास कार्यक्रममा ‘नांगो भ्रष्टाचार’, अख्तियार मौन
-
एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय पोखरा कार्यसम्पादनमा सर्वोत्कृष्ट
-
आज असोज ५ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
भासियो बेंसीसहर–चामे सडक, यातायात सञ्चालनमा कठिनाइ
-
आगामी साता नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु
८ घण्टा अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter गोरखा । मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ।…





