आज असोज ०७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

मेष– आज रोकिएका तथा अधुरा कामलाई अघि बढाउने अनुकूल अवसर मिल्नेछ । व्यवसाय र रोजगारीका क्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ । आर्थिक अवस्थामा क्रमिक सुधार आउनेछ, तर अनावश्यक खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ । परिवारमा आत्मीयता बढ्नेछ भने अध्ययन र यात्रासम्बन्धी काम पनि सहज बन्नेछन् ।

वृष- आज कार्य क्षेत्रमा तपाईंले गरेको मेहनतको उचित मूल्याङ्कन हुनेछ। आर्थिक कारोबार गर्दा सतर्कता अपनाए लाभ प्राप्त गर्ने सम्भावना छ । परिवारका सदस्यसँग महत्वपूर्ण विषयमा छलफल हुन सक्छ । विद्यार्थीका लागि पढाइमा ध्यान केन्द्रित गर्न सहज समय रहनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति रुचि बढ्नेछ ।

मिथुन– आज नयाँ योजना बनाउने र त्यसलाई व्यवहारमा उतार्ने अवसर मिल्नेछ । व्यवसायमा नयाँ सम्पर्क तथा सहकार्यबाट फाइदा लिन सकिनेछ । आर्थिक अवस्थामा सामान्य सुधार आए पनि अरूको भरमा परेर ठूलो निर्णय लिनु उचित हुनेछैन । पारिवारिक वातावरण सुखद रहनेछ र प्रियजनबाट सहयोग प्राप्त हुनेछ ।

कर्कट– आज कामको चाप बढे पनि धैर्य र संयमका साथ अघि बढ्दा सफलता हात लाग्नेछ । जागिर तथा व्यवसायमा थप जिम्मेवारी प्राप्त हुन सक्छ । आर्थिक लाभका अवसर देखिए पनि हतारमा लगानी गर्नु उचित हुनेछैन । परिवारमा लामो समयदेखि रहेको कुनै विषय समाधान हुने सम्भावना छ ।

सिंह- आज आफ्नो नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुनेछ । कार्य क्षेत्रमा प्रभाव बढ्नुका साथै महत्वपूर्ण व्यक्तिसँग भेटघाट हुने सम्भावना छ । आर्थिक क्षेत्रमा अपेक्षित सहयोग प्राप्त हुन सक्छ । प्रेम तथा दाम्पत्य जीवनमा आपसी समझदारी र आत्मीयता बढ्नेछ । धार्मिक गतिविधिमा सहभागी हुनु तथा भगवान् विष्णुको आराधना गर्नु शुभ हुनेछ।

कन्या- आज योजनाबद्ध ढंगले काम गर्दा सकारात्मक परिणाम प्राप्त हुनेछ । व्यवसाय तथा रोजगारीमा नयाँ अवसरको ढोका खुल्न सक्छ । आर्थिक कारोबारसँग सम्बन्धित कागजात र विवरण राम्ररी जाँच गरेर मात्र निर्णय लिनु उचित हुनेछ । अध्ययन, अनुसन्धान तथा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला- आज सामाजिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर मिल्नेछ । नयाँ व्यक्तिसँगको भेटघाट भविष्यका लागि उपयोगी बन्न सक्छ । आर्थिक लाभ प्राप्त भएपनि विलासिताका वस्तुमा अनावश्यक खर्च नगर्नु उचित हुनेछ । दाम्पत्य तथा पारिवारिक सम्बन्धमा मधुरता कायम रहनेछ ।

वृश्चिक– आज आत्मविश्वास बढ्नेछ र चुनौतीपूर्ण काम पूरा गर्ने क्षमता बलियो हुनेछ । व्यवसाय तथा रोजगारीमा प्रतिस्पर्धा रहेपनि तपाईंको प्रयासले सफलता दिलाउन सक्छ । लामो समयदेखि रहेको आर्थिक समस्या समाधानतर्फ अघि बढ्नेछ । स्वास्थ्य राम्रो राख्न खानपानमा ध्यान दिनु आवश्यक छ।

धनु- आज धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति विशेष रुचि बढ्नेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ र त्यसलाई सफलतापूर्वक पूरा गर्ने अवसर मिल्नेछ । आर्थिक अवस्थामा सामान्य सुधार देखिनेछ । लामो समयदेखि रोकिएको काम पुनस् अघि बढ्ने सम्भावना छ ।

मकर– आज महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ । कार्य क्षेत्रमा प्रतिष्ठा बढ्नुका साथै मेहनतको उचित परिणाम प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखिए पनि जोखिमपूर्ण कारोबारबाट टाढा रहनु राम्रो हुनेछ । परिवारमा सुख शान्तिको वातावरण कायम रहनेछ ।

कुम्भ- आज सिर्जनात्मक सोच र नयाँ दृष्टिकोणले काममा सफलता दिलाउनेछ । व्यवसायमा नयाँ योजना सुरु गर्न अनुकूल वातावरण बन्नेछ । आर्थिक लाभको अवसर आएपनि भविष्यका आवश्यकतालाई ध्यानमा राखेर खर्च व्यवस्थापन गर्नु उचित हुनेछ । साथीभाइ तथा परिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ ।

मीन- आज सकारात्मक सोच र उत्साह बढ्नेछ । अधुरा काम पूरा गर्ने ऊर्जा प्राप्त हुनेछ । जागिर तथा व्यवसायमा राम्रो समाचार सुन्न पाइने सम्भावना छ । आर्थिक क्षेत्रमा अपेक्षित लाभ मिल्न सक्छ । परिवारमा शुभ समाचार आउनुका साथै प्रियजनसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ।

Facebook Comments Box
TOP
15 Shares