
वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु

काठमाडौं । काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार स्क्वायरमा धार्मिक तथा सांस्कृतिक विधिअनुसार इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर यस वर्षको इन्द्रजात्रा सुरु गरिएको छ।
हनुमानढोका दरबारअगाडि विधिपूर्वक लिङ्गो ठड्याएर जात्राको औपचारिक सुरुआत गरिएको हो। भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गर्ने परम्परा रहिआएको छ। लिङ्गो ठड्याउने विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरी धार्मिक विधि सम्पन्न गरिन्छ।
इन्द्रजात्रा काठमाडौं उपत्यकाको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण पर्व हो। शत्रुमाथि विजय प्राप्त गरेपछि विजय उत्सवका रूपमा यो पर्व मनाउन थालिएको जनविश्वास छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ।
लिङ्गो ठड्याएसँगै सुरु हुने जात्रामा विभिन्न धार्मिक तथा सांस्कृतिक नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ। भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशावतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच प्रदर्शन गरिन्छ। यी नाच तथा सांस्कृतिक प्रस्तुतिले काठमाडौंको परम्परागत कला र संस्कृतिको जीवन्त झल्को दिने गर्दछ।
इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवीका रूपमा पूजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हो। हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रप्रमुखले कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ।
लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लिङ्गो ढाल्ने धार्मिक विधि सम्पन्न गरिन्छ। यससँगै इन्द्रजात्राको मुख्य धार्मिक अनुष्ठान सम्पन्न हुने गर्दछ।
नेवार समुदायको प्रमुख सांस्कृतिक पर्वका रूपमा मनाइने इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका क्षेत्रमा पनि विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित धुमधामका साथ मनाइन्छ। आठ दिनसम्म मनाइने यस पर्वले उपत्यकाको मौलिक संस्कृति, जात्रा, परम्परा र सामाजिक एकताको जीवन्त प्रतिनिधित्व गर्दै आएको छ।
समाज
थप सामाग्री-
वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु
-
खनाल–जयशंकर भेट : नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यमा जोड
-
आज असोज ०७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
नागरिकको विश्वास जित्दै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन
-
आज असोज ६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
मदन भण्डारी र जनता आवास कार्यक्रममा ‘नांगो भ्रष्टाचार’, अख्तियार मौन
२ दिन अगाडि
2.6kViews 15 Shares Share on Facebook Share on Twitter वीरगंज । मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको…





