
लोकदोहोरीका चर्चित गायक प्रकाश कटुवाल कांग्रेस राजनीतिमा

काठमाडौँ । नेपाली लोक तथा दोहोरी सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश कटुवाल अब साङ्गीतिक मञ्चसँगै राजनीतिक मञ्चमा पनि सक्रिय हुने तयारीमा छन् । चर्चित लोकदोहोरी गीतमार्फत दर्शक–श्रोताको मन जित्दै आएका कटुवाल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने तयारीमा जुटेका हुन् ।
‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्क्यो’, ‘मोही खाउला बोट्कामा’, ‘फूल फूल्यो केशरी’ र ‘छेकन जामाले’ लगायतका चर्चित गीतका गायक कटुवाल रामेछापको उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । उनी अब कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा छन् ।
रामेछापमा आगामी असोज १० गते हुने अधिवेशनलाई लक्षित गर्दै कटुवालले आफ्नो पक्षमा समर्थन जुटाउन सक्रियता बढाएका छन् । कलाकारिताबाट लामो समयदेखि जनतासँग जोडिएका उनी अब राजनीतिक माध्यमबाट पनि समाज र देशको सेवा गर्ने उद्देश्यसहित कांग्रेसको संगठनमा सक्रिय हुन लागेको बताउँछन् ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस अघि बढेपछि आफूलाई सक्रिय राजनीतिमा आउन थप प्रेरणा मिलेको कटुवालले बताएका छन् । थापाको राजनीतिक दृष्टिकोण, स्पष्ट विचार र कार्यशैलीबाट आफू प्रभावित भएको उनको भनाइ छ ।
‘गगन थापाजस्तो युवा नेतृत्वको सोच र पार्टीलाई एकताबद्ध बनाउने उहाँको कार्यशैलीले मलाई कांग्रेसको राजनीतिमा लाग्न ऊर्जा दियो । आज म जे–जति गर्वका साथ राजनीतिमा होमिएको छु, त्यसको पछाडि गगन दाइको विचार र उहाँले देखाएको बाटोको ठूलो भूमिका छ,’ कटुवालले भने ।
कटुवालले कलाकारितामार्फत जनताको माया र विश्वास प्राप्त गरिसकेको उल्लेख गर्दै अब त्यही अनुभवलाई सामाजिक तथा राजनीतिक सेवामा उपयोग गर्न चाहेको बताए । आफू राजनीतिमा पद प्राप्तिका लागि मात्र नभई पार्टी संगठनलाई थप चलायमान बनाउन, कार्यकर्ताका आवाज नेतृत्व तहसम्म पुर्याउन तथा युवा पुस्तालाई कांग्रेसको मूलधारमा जोड्न सक्रिय हुन चाहेको उनको भनाइ छ ।
उनले कांग्रेसको संगठनलाई जनतासँग अझ नजिक बनाउने, युवाको सहभागिता बढाउने र कार्यकर्ताको भावना नेतृत्वसमक्ष पुर्याउने विषयलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेका छन् ।
असोज १० गते हुने अधिवेशनमा आफूलाई समर्थन गरी विजयी गराउन कटुवालले रामेछापका अधिवेशन प्रतिनिधिहरूसँग अपिलसमेत गरेका छन् ।
‘मैले कलाकारका रूपमा जसरी तपाईंहरूको साथ र माया पाएको छु, राजनीतिमा पनि त्यस्तै साथ र सहयोगको अपेक्षा गरेको छु,’ उनले भने ।
समाज
थप सामाग्री-
वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु
-
खनाल–जयशंकर भेट : नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यमा जोड
-
आज असोज ०७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
नागरिकको विश्वास जित्दै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन
-
आज असोज ६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
मदन भण्डारी र जनता आवास कार्यक्रममा ‘नांगो भ्रष्टाचार’, अख्तियार मौन
२ दिन अगाडि
2.6kViews 15 Shares Share on Facebook Share on Twitter वीरगंज । मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको…





