
भोटेकोसी बाढीपछि नेपाललाई अमेरिकाको ३१ मिलियन डलर सहयोग घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भोटेकोसी बाढीपछि जारी उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई थप ३ करोड १० लाख अमेरिकी डलर (३१ मिलियन डलर) सहयोग उपलब्ध गराउने भएको छ ।
अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) एलिसन हुकरले बुधबार न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै उक्त सहयोग घोषणा गरेकी हुन् ।
भेटवार्ताका क्रममा उपविदेशमन्त्री हुकरले बाढीबाट क्षतिग्रस्त महत्वपूर्ण यातायात पूर्वाधारको पुनःस्थापना तथा प्रभावित समुदायको पुनःउत्थानमा सहयोग पुग्ने गरी अमेरिकी सहायता परिचालन गरिने जानकारी दिइन् ।
सहयोगअन्तर्गत स्थायी तथा विशेष रूपमा निर्माण गरिएका पुल निर्माणका लागि मात्रै १ करोड अमेरिकी डलर (१० मिलियन डलर) उपलब्ध गराइने भएको छ । ती पुल अमेरिकी कम्पनीमार्फत उपलब्ध गराइनेछन् ।
भोटेकोसी बाढीबाट क्षतिग्रस्त तथा विच्छेद भएको यातायात सञ्जाल पुनःस्थापित गर्न प्रस्तावित पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । पुल निर्माणपछि प्रभावित क्षेत्रका बासिन्दाको आवागमन सहज हुनुका साथै अत्यावश्यक वस्तु तथा सेवाको पहुँचमा सुधार आउने विश्वास गरिएको छ ।
अमेरिकी सहयोगले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनःस्थापनासँगै क्षेत्रीय सम्पर्क सञ्जाललाई थप सुदृढ बनाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
भोटेकोसी बाढीपछि नेपालमा उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढिरहेका बेला अमेरिकाले घोषणा गरेको थप सहयोगले प्रभावित क्षेत्रको भौतिक पूर्वाधार पुनर्निर्माणमा महत्वपूर्ण टेवा पुग्ने देखिएको छ ।
समाज
थप सामाग्री-
वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु
-
खनाल–जयशंकर भेट : नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यमा जोड
-
आज असोज ०७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
नागरिकको विश्वास जित्दै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन
-
आज असोज ६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
मदन भण्डारी र जनता आवास कार्यक्रममा ‘नांगो भ्रष्टाचार’, अख्तियार मौन
२ दिन अगाडि
2.6kViews 15 Shares Share on Facebook Share on Twitter वीरगंज । मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको…





