
संघीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार दुवै सदनको चालू अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।
राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यसम्बन्धी जानकारी सार्वजनिक गरेसँगै संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन औपचारिक रूपमा समाप्त हुनेछ।
अधिवेशन अन्त्यसँगै संसद्का दुवै सदनमा सञ्चालन भइरहेका नियमित बैठक तथा संसदीय गतिविधि पनि तत्कालका लागि स्थगित हुनेछन्।
समाज
थप सामाग्री
चाडपर्व लक्षित ट्राफिक प्रहरी प्रभाग कपनको माइकिङ अभियान सुरु
१८ घण्टा अगाडि
2.8kViews 60 Shares Share on Facebook Share on Twitter काठमाडौं । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरी प्रभाग कपनले…





