
चाडपर्व लक्षित ट्राफिक प्रहरी प्रभाग कपनको माइकिङ अभियान सुरु

काठमाडौं । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरी प्रभाग कपनले ट्राफिक सचेतनामूलक माइकिङ अभियान सुरु गरेको छ।
चाडपर्वका बेला बजार तथा सडक क्षेत्रमा सवारीसाधनको चाप बढ्ने, जथाभावी पार्किङ हुने र त्यसका कारण ट्राफिक जाम तथा आवागमनमा समस्या हुन सक्ने भएकाले कपन क्षेत्रका विभिन्न स्थानमा माइकिङमार्फत चालक तथा सर्वसाधारणलाई सचेत गराउन थालिएको हो।
अभियानका क्रममा सडक तथा सडक किनारमा जथाभावी सवारीसाधन पार्किङ नगर्न, तोकिएको स्थानमा मात्र पार्किङ गर्न, ट्राफिक संकेत तथा नियमको पूर्ण पालना गर्न र सवारी चलाउँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
चाडपर्वका समयमा किनमेल तथा आवतजावत गर्ने सर्वसाधारणको संख्या बढ्ने भएकाले सडक आवागमनलाई सहज र व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको सन्देशसमेत प्रहरीले माइकिङमार्फत दिइरहेको छ।
‘जथाभावी पार्किङ नगरौँ, ट्राफिक नियमको पालना गरौँ र सुरक्षित तथा व्यवस्थित चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले कपन क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ट्राफिक प्रहरी प्रभाग कपनले सवारी चालक, व्यवसायी तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्दै सडक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।
समाज
थप सामाग्री-
पत्रकारलाई ‘असनका साँढे’ भनेपछि राजीव खत्रीविरुद्ध पत्रकार आक्रोशित, कार्यक्रम बहिष्कारको तयारी
-
चाडपर्व लक्षित ट्राफिक प्रहरी प्रभाग कपनको माइकिङ अभियान सुरु
-
बेनीमा पहिरोको वितण्डा : १२ घरमा क्षति, न्युरोड र गणेशटोलका सय घर जोखिममा
-
नेपालमा पहिलोपटक Xtep को १० किलोमिटर म्याराथन, चक्रपथस्थित सोरुमबाट भव्य सुरुवात
-
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
छिपहरमाईमा हाजिर भए विवादित पृष्ठभूमिका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झा
७ घण्टा अगाडि
1.7kViews 30 Shares Share on Facebook Share on Twitter वीरगंज, १५ असोज। पर्साको छिपहरमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सर्वजीत…





