जिम्बाब्वेमा हेलिकोप्टर दुर्घटना, चर्चित व्यवसायीसहित ६ जनाको मृत्यु

काठमाडौं । जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा बुधबार भएको भीषण हेलिकोप्टर दुर्घटनामा चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेकेसहित ६ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला हेलिकोप्टरमा चार यात्रु र दुई चालक दलका सदस्य गरी ६ जना सवार थिए। दुर्घटनापछि हेलिकोप्टरमा आगलागी हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमध्ये ४३ वर्षीय चिवायो जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनांगाग्वाका निकट व्यक्तिका रूपमा परिचित थिए। उनको मृत्युले व्यवसायिक तथा राजनीतिक वृत्तमा समेत चासो बढाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी तथा उद्धार टोली घटनास्थल पुगेका थिए। टोलीले मृतकको पहिचान तथा शव उद्धारको काम अघि बढाएको प्रहरीले जनाएको छ।

हेलिकोप्टर दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाएको छ।

Facebook Comments Box
छिपहरमाईमा हाजिर भए विवादित पृष्ठभूमिका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झा
११ घण्टा अगाडि

1.8kViews 30 Shares Share on Facebook Share on Twitter वीरगंज, १५ असोज। पर्साको छिपहरमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सर्वजीत…

TOP
135 Shares