
बाढीले म्याग्दीको ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी । बाँधमा बाढी पसेर भौतिक संरचनामा क्षति पुगेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ।
ह्युम कन्सल्ट प्रालिको प्रवर्द्धनमा सञ्चालित आयोजनाको रेलेखर्कको फेदीमा रहेको बाँधमा बाढी पसेर क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको हो।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आयोजनाको विद्युत् उत्पादन ठप्प भएको हो।
रेलेखर्क क्षेत्रमा पहिरो गएपछि रेलेखोलामा बाढीको सतह बढेर आएको र त्यस क्रममा बाँध क्षेत्रमा ठूलो मात्रामा गेग्रान तथा माटो थुप्रिएको छ। बाढीका कारण बाँधका विभिन्न भौतिक संरचनामा समेत क्षति पुगेको आयोजनाले जनाएको छ।
भौगोलिक रूपमा दुर्गम तथा विकट क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध भएको छ। पहुँचमार्ग अवरुद्ध हुँदा बाँधमा थुप्रिएको बाढीजन्य सामग्री हटाउन तथा क्षतिग्रस्त संरचनाको मर्मत गर्न कठिनाइ भएको आयोजना प्रमुख काफ्लेले बताए।
आयोजनाको बाँधसम्म पुग्ने बाटो खुलाएर क्षतिको विस्तृत अध्ययन तथा मर्मतसम्भारको काम अघि बढाएपछि मात्रै विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याउन सकिने जनाइएको छ।
समाज
थप सामाग्री
चाडपर्व लक्षित ट्राफिक प्रहरी प्रभाग कपनको माइकिङ अभियान सुरु
१८ घण्टा अगाडि
2.8kViews 60 Shares Share on Facebook Share on Twitter काठमाडौं । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरी प्रभाग कपनले…





