
किशोरी र युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुर र बाँकेबाट दुई जना पक्राउ

काठमाडौँ । किशोरी र युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उदयपुर र बाँकेबाट दुई जनालाई पक्राउ गरेको छ।
उदयपुरको कटारी नगरपालिका–५ लालपुर बस्ने ३५ वर्षीय समीर मगरलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बिहीबार दिउँसो मगरलाई पक्राउ गरेको जनाएको छ।
त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–३ बस्ने ३८ वर्षीय मानबहादुर कामीलाई २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ती युवतीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार राति कामीलाई पक्राउ गरेको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





