किशोरी र युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुर र बाँकेबाट दुई जना पक्राउ

काठमाडौँ । किशोरी र युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उदयपुर र बाँकेबाट दुई जनालाई पक्राउ गरेको छ।

उदयपुरको कटारी नगरपालिका–५ लालपुर बस्ने ३५ वर्षीय समीर मगरलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बिहीबार दिउँसो मगरलाई पक्राउ गरेको जनाएको छ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–३ बस्ने ३८ वर्षीय मानबहादुर कामीलाई २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ती युवतीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार राति कामीलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares