धन्न जेनजीले रगत बगाइदिए, संस्कार नभएकाहरू प्रधानमन्त्री हुन पाए’ : रक्षा बम

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चको प्रसङ्ग जोड्दै सामाजिक सञ्जालमा गरेको व्यङ्ग्यात्मक टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा बमले कटाक्ष गरेकी छन्।

प्रधानमन्त्री शाहको स्टाटसपछि आइतबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले जेनजी आन्दोलनका क्रममा युवाहरूले रगत बगाएको, घाइते भएको तथा ज्यान गुमाएको प्रसङ्ग उल्लेख गर्दै राजनीतिक संस्कारमाथि प्रश्न उठाएकी हुन्।

बमले लेखेकी छन्, ‘धन्न जेन–जीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’

प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै बमले आन्दोलनमा सहभागी युवाहरूको योगदान स्मरण गराउँदै राजनीतिक नेतृत्वको व्यवहार र अभिव्यक्तिमाथि प्रश्न उठाएकी हुन्।

Facebook Comments Box
TOP
15 Shares