आज असोज १९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष
लेनदेनबाट फाइदा हुनेछ। व्यवसायमा व्यस्तता बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। शरीरमा स्फूर्ति बढ्नेछ। आजको शुभ रंग पहेलो र शुभ अंक ६ रहेको छ।

वृष
मनमा उत्साह जाग्नेछ। घरायसी काम सहजै सम्पन्न हुनेछ। व्यापारमा राम्रो बिक्री हुनेछ। आत्मीय व्यक्तिबाट स्नेह र सहयोग पाइनेछ। आजको शुभ रंग गुलाबी र शुभ अंक २ रहेको छ।

मिथुन
नयाँ खबरले ध्यान आकर्षित गर्नेछ। बोलीचालीबाट लाभ लिन सकिनेछ। कारोबारमा नयाँ अवसर देखापर्नेछ। भावनात्मक रूपमा स्थिरता कायम रहनेछ। आजको शुभ रंग सुनौलो र शुभ अंक ८ रहेको छ।

कर्कट
घरमा सुखद वातावरण बन्नेछ। आर्थिक व्यवस्थापन राम्रो हुनेछ। नजिकका सम्बन्धमा विश्वास बढ्नेछ। पर्याप्त निद्राले शरीरमा ऊर्जा थप्नेछ। आजको शुभ रंग सेतो र शुभ अंक ५ रहेको छ।

सिंह
आफ्नो प्रभाव बढेको महसुस हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। व्यापारमा पहिचान बढ्नेछ। प्रेम सम्बन्धमा रमाइलो कुराकानी हुनेछ। आजको शुभ रंग कलेजी र शुभ अंक १ रहेको छ।

कन्या
पुरानो झन्झटबाट मुक्ति मिल्नेछ। व्यक्तिगत विषयमा सहजता आउनेछ। हिसाबकिताब मिलाउन दिन अनुकूल छ। खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग फिक्का पहेंलो र शुभ अंक ७ रहेको छ।

तुला
सम्बन्धमा विश्वास बढ्नेछ। साझेदारीबाट राम्रो परिणाम प्राप्त हुनेछ। अनावश्यक खर्च नियन्त्रण गर्न सकिनेछ। मनलाई शान्त राख्दा ऊर्जा बढ्नेछ। आजको शुभ रंग गुलाबी र शुभ अंक ४ रहेको छ।

वृश्चिक
लुकेको प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्नेछ। आर्थिक विषयमा आफ्नो पकड बलियो हुनेछ। व्यापारिक निर्णयबाट लाभ लिन सकिनेछ। शरीरमा थकान महसुस भए पर्याप्त विश्राम लिनुहोला। आजको शुभ रंग गाढा नीलो र शुभ अंक ९ रहेको छ।

धनु
टाढाको सम्पर्क पुनः सक्रिय हुनेछ। यात्राको तयारी अघि बढ्नेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। यात्राका क्रममा धैर्य र सावधानी अपनाउनुहोला। आजको शुभ रंग बैजनी र शुभ अंक ३ रहेको छ।

मकर
मेहनतको उचित मूल्यांकन हुनेछ। जिम्मेवारी पूरा गर्न सहज हुनेछ। बचत बढाउने अवसर मिल्नेछ। परिवारका सदस्यबाट हौसला र सहयोग पाइनेछ। आजको शुभ रंग खैरो र शुभ अंक ८ रहेको छ।

कुम्भ
फरक ढंगले सोच्ने ऊर्जा प्राप्त हुनेछ। अनलाइन कामबाट लाभ लिन सकिनेछ। नयाँ सम्पर्कबाट उपयोगी सूचना प्राप्त हुनेछ। व्यक्तिगत सम्बन्धमा सहजता बढ्नेछ। आजको शुभ रंग समुद्री नीलो र शुभ अंक ५ रहेको छ।

मीन
नजिकका व्यक्तिसँग खुसीको क्षण बित्नेछ। सेवा वा रुचिको कामबाट सन्तोष मिल्नेछ। व्यापारमा राम्रो प्रतिक्रिया प्राप्त हुनेछ। शान्त वातावरणमा समय बिताउँदा मन हलुका हुनेछ। आजको शुभ रंग फिक्का बैजनी र शुभ अंक ७ रहेको छ।

Facebook Comments Box
TOP
15 Shares