
प्रधानमन्त्री पदको गरिमा कायम राख्न बालेनलाई हर्क साम्पाङको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको गरिमा कायम राख्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री शाहले सार्वजनिक मञ्चमा दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै साम्पाङले प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले सार्वजनिक रूपमा ‘तल झरेर’ टिप्पणी गर्न नहुने बताएका हुन् ।
साम्पाङले प्रधानमन्त्री शाहको ‘मैले बाटो बनाएकोले हिँड्न पायौ’ भन्ने आशयको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरेका छन् ।
‘प्रधानमन्त्रीजस्तो पदले खुलामञ्चको बारेमा त्यति तल झरेर किन बोल्या होलारु प्रधानमन्त्री भन्ने पदको गरिमा रहेन यो देशमा। मैले बाटो बनाएकोले हिँड्न पायौ भन्ने किसिमले बोल्नु कतिसम्म उपयुक्त होलारु भोलि फेरि मैले बनाएको बाटोमा हिँड्न पाउँदैनस् भन्यो भने त बितायो,’ साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
प्रधानमन्त्री शाहले आइतबार राति सामाजिक सञ्जालमार्फत ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै व्यङ्ग्य गरेका थिए ।
त्यसपछि शाहको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा टिप्पणी भइरहेका बेला साम्पाङले प्रधानमन्त्री पदको मर्यादा र सार्वजनिक अभिव्यक्तिको शैलीप्रति प्रश्न उठाएका हुन्।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





