
चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय सीतादेवी पौडेल केन्द्रीय सदस्यमा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा चार दशकभन्दा लामो समयदेखि सक्रिय सीतादेवी पौडेलले पार्टीको केन्द्रीय सदस्य, महिला (खस आर्य) तर्फ उम्मेदवारी दिएकी छन्।
पौडेलको राजनीतिक यात्रा २०३८ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। विद्यार्थी राजनीतिबाट अघि बढेकी उनले नेपाल महिला संघ, नेपाली कांग्रेसको स्थानीय संगठन, नेपाल किसान संघ तथा पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएकी छन्।
२०४७ सालमा नेपाल महिला संघको गाउँ सभापति तथा नेपाली कांग्रेस गाउँ एकाइ सदस्यको जिम्मेवारी सम्हालेकी पौडेल सोही वर्ष नेपाल महिला संघ ताप्लेजुङ जिल्ला उपसभापति बनेकी थिइन्।
२०५० सालदेखि नेपाल महिला संघको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेकी उनले लगातार तीन कार्यकाल संगठनको नेतृत्व गरिन्। महिला संगठन विस्तार र राजनीतिक सहभागिता बढाउने अभियानमा आफूले सक्रिय भूमिका निर्वाह गरेको उनको राजनीतिक विवरणमा उल्लेख छ।
पौडेल नेपाली कांग्रेसको १०औँदेखि १५औँ महाधिवेशनसम्म निरन्तर महाधिवेशन प्रतिनिधि रहँदै आएकी छन्। उनले १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्यको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
त्यसैगरी, २०५९ सालदेखि नेपाल किसान संघको केन्द्रीय सदस्य रहेकी पौडेलले उक्त जिम्मेवारीमा दुई कार्यकाल काम गरिसकेकी छन्।
पौडेलको राजनीतिक यात्रामा २०६२/६३ को लोकतान्त्रिक आन्दोलन पनि महत्वपूर्ण अध्यायका रूपमा रहेको छ। आन्दोलनका क्रममा अग्रपंक्तिमा सक्रिय सहभागिता जनाउँदा आफू ३५ पटकभन्दा बढी पक्राउ परेको र पटक–पटक घाइते भएको उनको राजनीतिक विवरणमा उल्लेख छ।
२०७४ सालमा उनले झापा क्षेत्र नं. २ को प्रदेश ‘क’ बाट नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारका रूपमा निर्वाचन प्रक्रियामा समेत सहभागिता जनाएकी थिइन्।
विद्यार्थी राजनीतिबाट सुरु भएको चार दशकभन्दा लामो राजनीतिक यात्रामा स्थानीय तहदेखि जिल्ला, केन्द्रीय संगठन र महाधिवेशनसम्म विभिन्न जिम्मेवारी सम्हालेको अनुभवलाई पौडेलले आफ्नो उम्मेदवारीको आधार बनाएकी छन्।
महिला संगठनको नेतृत्व, किसान संगठनमा सक्रियता, लोकतान्त्रिक आन्दोलनमा सहभागिता तथा पार्टीको सांगठनिक गतिविधिमा निरन्तर संलग्नतालाई आफ्नो राजनीतिक यात्राका प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै पौडेल नेपाली कांग्रेसको केन्द्रीय सदस्य, महिला (खस आर्य) तर्फ प्रतिस्पर्धामा उत्रिएकी हुन्।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





