
कांग्रेस सहमहामन्त्रीका लागि मनिष मिश्रले अघि सारे दाबी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश क्लस्टरबाट सहमहामन्त्री पदमा मनिषकुमार मिश्रको सम्भावित उम्मेदवारीबारे पार्टीभित्र चर्चा बढेको छ।
पार्टी स्रोतका अनुसार मिश्रले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीसहित आन्तरिक छलफल र नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन्। यद्यपि, उनले उम्मेदवारीको औपचारिक घोषणा भने गरेका छैनन्।
कांग्रेसको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मिश्र केही समय पार्टीबाहिर रहेर मधेश केन्द्रित राजनीतिमा सक्रिय भएका थिए। महन्थ ठाकुरले कांग्रेस छाडेर नयाँ दल गठन गरेपछि मिश्र पनि उनीसँगै बाहिरिएका थिए।
त्यसपछि ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा मिश्रले केन्द्रीय महासचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। मधेश केन्द्रित राजनीतिमा केही समय सक्रिय रहेपछि उनी पुनः कांग्रेसमा फर्किएका हुन्।
कांग्रेसमा फर्किएपछि सांगठनिक गतिविधिमा सक्रिय रहेका मिश्रले आगामी महाधिवेशनमा मधेश क्लस्टरबाट सहमहामन्त्री पदमा आफ्नो दाबी अघि बढाउने तयारी गरेको बताइएको छ।
महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा विभिन्न क्लस्टरबाट पदाधिकारीका आकांक्षीहरूबीच भेटघाट र आन्तरिक छलफल तीव्र हुँदै गएको छ। मिश्रको सम्भावित उम्मेदवारीलाई पनि सोही राजनीतिक तयारीको हिस्सा मानिएको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





