आज असोज २८ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

मेष– ठूलो योजना बनाउँदै हुनुहुन्छ भने केही समय पर्खिएर अघि बढ्नु उचित हुनेछ । नजिकका व्यक्तिसँग विचार नमिल्दा मनमुटाव हुन सक्छ, त्यसैले कुराकानी गर्दा संयम अपनाउनुहोला । मान्यजन तथा अनुभवी व्यक्तिको सल्लाहलाई बेवास्ता नगर्नुहोस् ।

वृष- परिस्थितिसँग जुझ्दै अघि बढ्ने तपाईंको क्षमताले सकारात्मक परिणाम दिलाउनेछ । व्यापार व्यवसायमा लाभ मिल्ने संकेत छन् भने लामो समयदेखि अल्झिएका समस्याहरू समाधानतर्फ अघि बढ्न सक्छन् । सहयोगी व्यक्तिहरूको साथ पाइनेछ ।

मिथुन– आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गरेर अरूको विश्वास जित्ने समय छ । विगतमा गरेको मेहनतको फलस्वरूप आर्थिक लाभ मिल्न सक्छ । लामो समयदेखि रोकिएका कामहरू अघि बढ्नेछ । नयाँ योजना कार्यान्वयन गर्न अनुकूल वातावरण बन्न सक्छ ।

कर्कट- तपाईंको इच्छाशक्ति र आत्मविश्वास बलियो रहनेछ, जसले गर्दा कठिन कामहरू पनि सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ । परिवारका सदस्यबीच आत्मीयता बढ्नेछ । फुर्सदको समय रमाइलो गरी बिताउने अवसर मिल्नेछ ।

सिंह- समयको उचित व्यवस्थापन गर्न नसक्दा हातमा आएका अवसरहरू गुम्न सक्छ । कामको चाप बढेपनि अपेक्षाअनुसार प्रतिफल प्राप्त गर्न केही समय लाग्न सक्छ । अरूको दबाबमा परेर निर्णय लिनुभन्दा आफ्नो प्राथमिकता स्पष्ट पार्नु उचित हुनेछ ।

कन्या- आम्दानीका नयाँ स्रोतहरू खुल्ने सम्भावना छ । व्यापार व्यवसायमा संलग्न व्यक्तिका लागि साझेदारी लाभदायक बन्न सक्छ भने नयाँ अवसरले प्रगतिको बाटो खोल्न सक्छ । आफ्नो सीप, क्षमता र मेहनतका कारण कार्यक्षेत्रमा सम्मान प्राप्त हुनेछ ।

तुला- आज अपेक्षाअनुसार आर्थिक लाभ प्राप्त नभए पनि महत्त्वपूर्ण जिम्मेवारी वहन गर्ने अवसर मिल्न सक्छ । नयाँ जिम्मेवारीले भविष्यमा प्रगतिको बाटो खोल्न सक्छ । तत्काल लाभभन्दा दीर्घकालीन उपलब्धिलाई प्राथमिकता दिँदै अघि बढ्नुहोला ।

वृश्चिक- साथीभाइ तथा सहयोगी व्यक्तिहरूको साथले लामो समयदेखि रोकिएका कामहरू पूरा गर्न सहज हुनेछ । सामूहिक प्रयासबाट राम्रो उपलब्धि हासिल गर्ने सम्भावना छ । आज गरिएको मेहनतले भविष्यमा दीर्घकालीन लाभ दिलाउन सक्छ।

धनु- महत्त्वपूर्ण काम सम्पन्न गर्न अपेक्षाभन्दा बढी समय लाग्न सक्छ । कामको सिलसिलामा यात्रा गर्नुपर्ने अवस्था पनि आउन सक्छ । व्यस्तताका कारण थकान वा सामान्य कमजोरी महसुस हुन सक्ने भएकाले आराम र खानपानमा ध्यान दिनुहोला ।

मकर– अध्ययन, व्यापार व्यवसाय र आम्दानीका क्षेत्रमा सुधार आउने सम्भावना छ । नयाँ अवसर प्राप्त हुन सक्छन् । प्रेम सम्बन्धमा आत्मीयता र मिठास बढ्नेछ । विद्यार्थीहरूले अध्ययनमा ध्यान केन्द्रित गर्न सके राम्रो उपलब्धि हासिल गर्न सक्छन् ।

कुम्भ- कानुनी प्रक्रिया वा लामो समयदेखि चलिरहेको विवादसँग सम्बन्धित विषयमा सकारात्मक प्रगति हुन सक्छ । काममा सहयोगीहरूको साथ पाइनेछ । कुनै विवादमा संलग्न हुनुहुन्छ भने भावनामा भन्दा तथ्य र प्रमाणका आधारमा अघि बढ्नुहोला।

मीन– प्रेम सम्बन्ध तथा पारिवारिक जीवनमा आत्मीयता र समझदारी बढ्नेछ । नजिकका व्यक्तिसँग समय बिताउने अवसर मिल्दा मन प्रसन्न रहनेछ । विद्यार्थीहरूका लागि अध्ययनमा ध्यान केन्द्रित गर्न र नयाँ कुरा सिक्न अनुकूल समय रहनेछ ।

Facebook Comments Box
TOP
15 Shares