
भाकल पूरा गर्न रवि लामिछाने भारतको तीर्थयात्रामा, राजनीतिक भेटघाट नहुने दाबी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका विभिन्न धार्मिकस्थलको तीर्थयात्रामा निस्किएका छन् ।
लामिछाने शुक्रबार धनगढी हुँदै भारत प्रस्थान गरेका हुन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भ्रमण निजी, पारिवारिक तथा आध्यात्मिक उद्देश्यले केन्द्रित रहेको स्पष्ट पारे ।
कारागारमा रहँदा नै भाकल गरेको उल्लेख गर्दै उनले समय अभावका कारण यसअघि पूरा गर्न नसकेको र अहिले अनुकूल समय मिलेकाले तीर्थयात्रामा निस्किएको बताए ।
‘म कारागारमा हुँदा नै भाकल थियो । त्यो पूरा गर्न पहिलादेखि नै जाउँला भन्ने थियो, तर अहिले समय भएकाले जान लागेको हो,’ उनले भने ।
धार्मिक आस्था, पारिवारिक संस्कार र आध्यात्मिक विश्वासका कारण भ्रमणमा निस्किएको बताउँदै लामिछानेले यसलाई राजनीतिक घटनाक्रमसँग जोडेर नहेर्न आग्रह गरे । आफ्नो भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको उनको भनाइ छ ।
‘मेरो भ्रमण असाध्यै व्यक्तिगत हो । कहिलेकाहीँ व्यक्तिगत र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ,’ उनले भने, ‘अलग्याउनेमा साथीहरूलाई सहयोग गर्न आग्रह गर्छु ।’
लामिछानेको सचिवालयका अनुसार भारत भ्रमणका क्रममा उनले उत्तराखण्डको नैनीतालस्थित प्रसिद्ध धार्मिकस्थल कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
समाज
थप सामाग्री
आज नवदुर्गाको नवौँ स्वरूप सिद्धिदात्रीको पूजा आराधना गरिँदै
३ दिन अगाडि
3.1kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । शारदीय नवरात्रको नवौँ दिन आज नवदुर्गामध्येकी अन्तिम स्वरूप देवी…





