उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

शनिबार बेलुकी इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले जानकारी दिए।

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares